पर्रोहा बहुमुखी क्याम्पसमा ‘जीवन जिउने कला’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्रोहा बहुमुखी क्याम्पसमा ‘जीवन जिउने कला’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

सैनामैना ।

सैनामैना-४ मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसमा ‘जीवन जिउने कला’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसले सैदान्तिक शिक्षासहित अन्य क्रियाकलापमा पनि सक्रियता जनाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

सैदान्तिक शिक्षामा मात्र नभई अध्यपनसंगै जिवन उपयोगी व्यवहारिक शिक्षाका बारेमा पनि जानकारी गराउने उद्देश्य बमोजिम विद्यार्थीहरुका लागि प्रशिक्षण कार्यक्रम राखिएको क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमले बताउनुभयो । उहाँले सभ्य समाज र दिर्घ विकासको सपनालाई पुरा गर्नका लागि हरेक शिक्षा र संकायमा व्यावहारिक ज्ञान अति आवश्यक बताउनुभयो ।

कार्यक्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले अहिले समयमा विद्यार्थीहरुका लागि व्यवहारिक शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रम अन्तरराष्ट्रिय प्रशिक्षक एवम् योगगुरु ऋषिराम न्यौपानले दिनुभएको थियो । उहाँले आफ्नो अमुल्य जिवनलाई कसरी उपयोग गर्ने, कसरी तनाव कम गर्ने, खुसी र सन्तुष्टि जीवन कसरी जिउने, सकारात्मक पक्षहरुलाई कसरी ग्रहण गर्ने, नकारात्मक चिजबाट कसरी टाढा रहने, जिवनलाई कसरी व्यस्त बनाउने र कसरी अध्ययनशिल बन्ने लगायतका विषयमा प्रशिक्षण दिनुभयो ।

उक्त कार्यक्रममा स्नातक तहको प्रथम, द्धितीय र तृतिय वर्षमा अध्ययनरत विद्यार्थीहरु सहभागि थिए । क्यूएए फोकल पर्सन एवम् प्राध्यापक हेम शर्माको स्वागत तथा चित्र कुमारी विकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : आइतबार, साउन २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij