देशभरका मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह

देशभरका मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह

काठमाडौँ ।

सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ ।

तराईका अधिकांश जिल्लाबाट मिटरब्याज पीडितहरुको गुनासो आएको भएपनि देशैभरि मिटरब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा ५ गतेसम्म तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आग्रह गरिएको हो ।

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको बिचल्ली भएका समाचारहरू सार्वजनिक भइरहेका छन् । त्यस्ता आर्थिक अपराधीहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रकृया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न बनेको कार्यदलयले जनाएको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा २७ गते उक्त कार्यदल गठन भएको हो ।

कार्यदल गठन भएको नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ूमिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिुसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता समेत गरिसकेको कार्यदलले जनाएको

प्रकाशित मिति : शनिबार, साउन २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij