पाल्पा
सडक भासिएपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा सवारी आवागमन अबरुद्ध भएको छ ।
राजमार्गको पाल्पा बुटवल सडक खण्डमा पर्ने हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो थप भासिएपछि सवारी आवागमन अबरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण ६० मिटर सडक भासिएको छ ।
पूर्ण रुपमा सडक भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ ।
रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलि (शुक्रबार)देखि सडक खुलाउने प्रयास गरिने सूचना अधिकारी लम्सालले बताए ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रुका साथै र त्यसतर्फबाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्