बुटवल
बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकारभित्रका सडक-फुटपाथ ३ दिनभित्र खाली गर्न आग्रह गरेको छ ।
उपमहानगरपालिकाले आज एक सुचना जारी गरि सडकमा राखिएका निर्माण सामागी, पसल, ठेला, सवारी पार्कीङ्ग तथा वर्कशपहरु तीन दिनभित्र हटाउन आग्रह गरेको हाे ।
‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य शहर बनाउनका लागि गोलपार्क देखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निमार्णसामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ ।’उपमहानगरका अधिकृत डाेलराज पाैडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्