अछाम पहिरो अपडेट : १४ जनाको ज्यान गयो, ९ जना बेपत्ता, १३ जना घाइते

अछाम पहिरो अपडेट : १४ जनाको ज्यान गयो, ९ जना बेपत्ता, १३ जना घाइते

काठमाण्डाै – अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् ।

अरु १३ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारको काम भइरहेको छ ।

घाइतेहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । कमलबजार नगरपालिका वडा नम्बर– ६ मा पहिरोमा परि घाइते भएका ६ जनालाई उद्धार गरेर जिल्ला अस्पताल अछाममा उपचार थालिएको छ । गृहमन्त्री बालकृष्ण खाणले अछाममा पहिरो परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको छ ।

उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij