काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले बाढी/पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारका काम गर्न निर्देशन दिनुभएको छ ।
लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी/पहिरोमा परि बेपत्ता, घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन निर्देशन दिनुभएको हो । उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
सरकारको प्रमुख दायित्व नागरिकको जिउ र धनको रक्षा गर्नुभएको भन्दै उहाँले बाढी र पहिरोमा प्रभावितलाई सुरक्षित ठाउँमा सार्न र औषधि उपचार तथा खाद्यान्नको आवश्यक व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखेर पठाउन निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति : शनिबार, असोज १ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्