नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै

नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै

काठमाण्डाै – नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टिबीच प्रमाणीकरणका लागि संसद्ले दोस्रो पटक पारित गरेर पठाएको विधेयक आज मङ्गलवार राति १२ बजेसम्ममा प्रमाणीकरण भइसक्नुपर्छ । यदि राति १२ बजेसम्ममा पनि विधेयक प्रमाणीकरण नभएमा विधेयक कार्यान्वयनमा जाने छैन ।

 

राष्ट्रपति भण्डारीले गरिरहनुभएको राजनीतिक परामर्शलाई लिएर प्रमाणीकरण नगरिने आशङ्काहरू व्यक्त भइरहेका छन् । यसले एउटा नयाँ संवैधानिक बहस सुरु भएको छ । दोस्रो पटक फर्किएर आएको विधेयकलाई प्रमाणीकरण गर्ने बाहेकको विकल्प संविधानले राष्ट्रपतिलाई दिएको छैन । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि संविधान तथा ऐन–कानुनमा नभएकोले नयाँ बहस सुरु भएको हो । नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिसँग छलफल गरिरहनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरि पुनर्विचारका लागि संसदमा फिर्ता पठाए पनि दुवै संसद्ले कुनै हेरफेर नगरि पारित गरेर विधेयक पुनः राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपतिसँग संसदबाट दोस्रो पटक गएको विधेयक प्रमाणित गर्ने वा राजीनामा गर्ने मात्रै विकल्प रहेको कतिपय कानुनविद्हरू बताउँछन् । तर राष्ट्रपति भण्डारीले प्रमाणित पनि नगर्ने र राजीनामा पनि नदिइकन अदालतमा आउन सक्ने मुद्दाकाे सामना गर्ने विकल्प पनि रहेको अर्काथरीको भनाइ छ । संसद् नरहेकोले राष्ट्रपतिविरुद्ध महाअभियोग आउने सम्भावना भने छैन । राष्ट्रपतिले यसअघि विधेयक संसदमा फिर्ता गर्दा दिएको सन्देशमा मुख्य गरी अङ्गीकृत नागरिकता दिँदा पूरा गर्नुपर्ने प्रावधानबारे र नागरिकतामा लैङ्गिक समानताका विषय रहेका थिए ।

प्रकाशित मिति : मंगलबार, असोज ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij