दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते

दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते

दाङ ।
दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमका अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij