रुपन्देहीमा घनश्याम समर्थक ३१ जनाले एमाले छाडे

रुपन्देहीमा घनश्याम समर्थक ३१ जनाले एमाले छाडे

रुपन्देही ।

केही दिनअघि मात्र एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेता घनश्याम भुसाल निकटका ३१ जना नेता कार्यकर्ताले एमाले छोडेका छन् । दुई प्रदेश कमिटि सदस्यसहित रुपन्देहीका जिल्ला नेताहरुले एमाले परित्याग गरेका हुन् ।

रुपन्देहीको रोहिणी गाउँपालिकाका पूर्व अध्यक्ष सनोजकुमार यादवको नेतृत्वमा ३१ जनाले बुधबार एमाले छोडेर भुसाललाई साथ दिने घोषणा गरेका हुन् । प्रदेश कमिटी शैलेन्द्र उपाध्याय, इन्द्रजितकुमार राय लगायतले नेकपा एमाले परित्याग गरी भुसाललाई सघाउन घोषणा गरेका हुन् ।

उनीहरुले भुसाल जस्तो बौद्धिक नेतालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा टिकट नदिएर अपमान गरेको टिप्पणी गरे । ओलीको तानाशाह प्रवृतिले गर्दा एमाले बिस्तारै कमजोर बन्दै गएको उनीहरुले बताए ।

एमालेमा व्यक्तिवाद हाबी भएको भन्दै क्षेत्र नं १ का ३१ जनाले एमालेबाट राजीनामा घोषणा गरेका हुन् । ​

यस्तो छ एमाले छाडेकाहरुको नामावली

प्रकाशित मिति : बुधबार, असोज २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij