राप्रपा सिद्धार्थ नगर सभापति श्रेष्ठ काङ्ग्रेस प्रवेश

राप्रपा सिद्धार्थ नगर सभापति श्रेष्ठ काङ्ग्रेस प्रवेश

रुपन्देही

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई।चन्द्रभक्त श्रेष्ठ नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ ।

शुक्रबार बिहान काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाणले उहाँलाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

उहाँ नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुनुहुन्छ । लुम्बिनी विकास कोषमा काम गरेका ई।श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्नुहुन्छ ।

उहाँलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताउनु भयो ।

नेपाली कांग्रेस का केन्द्रिय सदस्य बाल कृष्ण खाणको हात बाट टिका ह्रहण गर्दै श्रष्ठले आजका दिन देखिनै नेपाली कांग्रेस पार्टी मा सक्रिय भएर लाग्ने प्रतिबन्धता व्यक्त गर्नु भयो।

प्रकाशित मिति : शुक्रबार, असोज २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij