मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक

मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक गरेको छ । आयोगले विभिन्न जिल्लाका मतपत्र क्रमैसँग छापिरहेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।

यसपटकको चुनावमा उम्मेदवार नभएका ठाउँमा उनीहरुको चुनाव चिह्न पनि राखिएको छैन । उदाहरणको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नै नभएकाले मतपत्रमा रुख चिह्न राखिएको छैन ।

गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया हथौडा, कतै कलम र कतै गिलास चिह्न  राखिएको छैन । यस्तै, एमालेले पनि केही क्षेत्रमा विभिन्न दलसँग तालमेल गरेकाले केही मतपत्रमा सूर्य चिह्न राखिएको छैन ।

आयोगले सबै क्षेत्रको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रकाशित मिति : सोमबार, असोज ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij