निगमको आन्तरिक उडान ठप्प

निगमको आन्तरिक उडान ठप्प

काठमाडौं – उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो ।

निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ उनले भने । निगमसँग उडान योग्य दुई ट्वीनअटर जहाज रहेकोमा एउटा लामो समयदेखि काठमाडौंमै ग्राउण्डेड रहेको छ ।

अर्को एक जहाज समेत बिग्रिएपछि निगमको आन्तरिक उडान प्रभावित बनेको हो । निगमले सातामा आधा समय पूर्वी पहाड र आधा समय पश्चिम पहाड तथा हिमाली भेगमा तालिका राखेर उडान गर्दै आएको छ ।

निगमसँग आन्तरिक उडानमा चिनियाँ जहाज भए पनि यी जहाज नउडाउने निर्णय गरी थन्किएका छन् । भएको एउटा जहाज पनि बिग्रिएपछि आन्तरिक उडान प्रभावित भएको हो ।

प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij