प्राप्त उपलब्धिकाे रक्षा र थप उपलब्धि प्राप्तिका लागि लाेकतान्त्रिक बाम गठवन्धनलाई मत : सुर्यवंशी थापा

प्राप्त उपलब्धिकाे रक्षा र थप उपलब्धि प्राप्तिका लागि लाेकतान्त्रिक बाम गठवन्धनलाई मत : सुर्यवंशी थापा

बुटवल,

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा रूपन्देही २ मा लाेकतान्त्रिक बाम गठवन्धनका उम्मेदवार केशब बहादुर थापा सुर्यबंशीले राष्ट्रिय सहमतिको आधारमा समृद्ध राष्ट्र बनाउन लाेकतान्त्रिक बाम गठवन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

 

जनताले विवेक नपुर्‍याए प्राप्त उपलब्धी गुम्न सक्ने,तानाशाही प्रवृत्ति हाबी हुने,सन्की प्रवृत्तिले देश दुर्घटनामा जान सक्ने भन्दै उनलेे बेरोजगारीको अन्त्य गर्दै मुलुकलाइ औद्योगिकरणकाे बाटोमा डोर्‍याउन कै लागि भए पनि रुपन्देही क्षेत्र २ का जनताले गठबन्धनमा भोट दिनुपर्नेमा जाेड दिए ।

 

बिहीबार रूपन्देहीको तिलोत्तमा ५ मा गठबन्धनको घर दैलोको क्रममा सूर्यवंशीले आफुले जितेर गए पछि कृषकहरूले झुन्डेर मर्नु नपर्ने,मलको अभाव हुन नदिने र कृषकहरुलाइ उत्साह प्रदान गर्दै बृहत योजना बनाइ अगाडि बढ्ने बताए ।

 

भ्रष्टाचारलाइ निर्मुल पार्न आवश्यक रहेको र स्थानिय तहलाइ अधिकार सम्पन्न बनाउन संघीयतालाई संस्थागत गर्न पनि गठबन्धनले जित्न आवश्यक रहेको सूर्यवंशीले बताए।

प्रकाशित मिति : बिहिबार, कार्तिक २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij