मतदानका लागि तोकिएको नियमित समय सकियो, तर केही ठाउँमा मतदान चल्दै

मतदानका लागि तोकिएको नियमित समय सकियो, तर केही ठाउँमा मतदान चल्दै

काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो । तर ५ बज्नुअघि मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेकाहरूले भने पाँच बजेपछि पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

यस्तै केही मतदान केन्द्रहरूमा विवाद भएका कारण रोकिएको मतदान फेरि सुरु हुँदा केही घण्टाका लागि समय थप्न पाउने व्यवस्थाअनुसार समय थप भएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरमा रहेको पातु वनगाउँ मतदान केन्द्रमा बेलुका ७ बजेसम्मै मतदानको समय तोकिएको छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका ठाउँमा मतदान रोकिएको छ । ती ठाउँमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै मतदान सम्पन्न भएका ठाउँबाट मतपेटिका सङ्कलनको काम चलिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । दुर्गम क्षेत्रका जिल्लामा भने मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले भोलि सोमवारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम ठाउँका मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका सङ्कलनको व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाण्डौ क्षेत्र नम्बर ३ सहित केही सुगम ठाउँका निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले पनि भोलिदेखि मात्रै मतगणना सुरु गर्ने बताएका छन् ।

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij