काठमाण्डौ – नेपाली कांग्रेसले पनि प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख मत नघाएको छ ।
पछिल्लो विवरणअनुसार कांग्रेस १ लाख १ हजार ७ सय ८१ मतसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १ लाख १९ हजार ७ मत प्राप्त गरेको छ ।
यस्तै तेस्रो स्थानमा गएको असारमा मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार २ सय ४१ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ४५ हजार ६ सय ९४ र पाँचौँ स्थानमा रहेको राप्रपाको २८ हजार ७ सय ६ मत रहेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्