निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

निर्वाचन आचारसंहिता आजदेखि निष्कृय

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम गत असोज १२ देखि सो आचारसंहिता मुलुकभर लागू गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij