बुटवलका सडक निर्माणलाई तीब्रता दिन नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण

बुटवलका सडक निर्माणलाई तीब्रता दिन नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण

 

बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ ।

नगरप्रमुख पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभयो ।

पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट सडक विभागसामु खेद व्यक्त गर्नुभएको थियो । प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडियाखोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाईट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गर्नुभयो ।

उहाँले सडक निर्माणसँग सडकको सौन्दर्यीकरणका बारेमा समेत चासो दिनका लागि थापालाई सुझाव दिनुभयो ।

भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

 

ललितपूरका नगरप्रमुख महर्जनसँग भेट

 

बुटवल उपमहानगरप्रमुख पाण्डेयले ललितपूर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भेट गरी विकास निर्माणका कामबारे जानकारी लिनुभएको छ ।

पाण्डेयले ललितपूर महानगरपालिकाले गरेका राम्रा अभ्यासहरु बुटवलका लागि उपयोगी हुने भन्दै आपसी सहकार्यमा काम गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले ललितपूरबाट सिकेर बुटवलले विकासमा फड्को मार्न सक्ने भन्दै ललितपूर महानगरप्रमुख महर्जनलाई बुटवल भ्रमणको निम्तो दिनुभयो ।

भेटका क्रममा ललितपूर नगरप्रमुख महर्जनले आफु बुटवल आउन इच्छुक रहेको र बुटवलका राम्रा अभ्यासबाट ललितपूरले सिक्ने बताउनुभयो । उहाँले ललितपूर र बुटवलका बीचमा सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, पुष ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij