बुटवलमा शनिबार नेपथ्य ब्याण्डको कन्सर्ट हुँदै

बुटवलमा शनिबार नेपथ्य ब्याण्डको कन्सर्ट हुँदै

बुटवल
बुटवलमा शनिबार नेपथ्य ब्याण्डको कन्सर्ट हुने भएको छ‘मानवताका लागि संगीत यात्रा’ नामक चर्चित नेपथ्य ब्याण्डले शनिबार साँझ बुटवल प्रस्तुति गर्ने लागेको हो । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवल–१२ रामनगरमा गर्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

चर्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा साँगेतिक कार्यक्रमका लागि आउने भएका हुन् । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित सांगीतिक प्रस्तुित गर्नेछन् ।

बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । टिकट शुल्क एक हजार राखिएको छ । टिकट खरिदका लागि मोवाइल एप ई–सेवा, खल्ती, थुप्रै डटकम लगायतबाट अनलाइन बुकिङ गर्न सकिन्छ । इ–सेवा लगायत मोवाइल एपहरुको भोटिङ तथा इभेन्टमा गएर बुटवलका लागि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी प्रत्येक्ष रुपमा बुटवलमा रहेको मानव सेवा अश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिने छ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोक लगायतका स्थानमा स्टल स्थापना गरी टिकट विक्री भइरहेको आयोजकले जनाएको छ ।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको रुपन्देही संयोजक टिकामाया थापाले बताइन । सांगीतिक आनन्द पनि हुने मानवताका लागि सहयोग पनि पुग्ने भएकाले महाअभियानमा साथ दिन कार्यकम संयोजक लोकनाथ भुसालले आव्हान गरेका छन् ।

मुलुकका १० ठूला शहरमा साँगीतिक कार्यक्रम
नेपथ्यले मानवसेवा अश्रमको सहयोगमा मुलुकका १० ठूला शहरहरुमा कन्सर्ट गर्न लागेको हो ।
मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’बाट अभियान शुरु भएको थियो । साँगेतिक यात्रा पुस ६ गते वीरेन्द्रनगर सुर्खेत आएको छ । मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, मंसिर २५ नारायणघाटको ‘क्याम्पाचौर’मा तथा मंसिर २९ गते नेपालगन्जमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

पुस ३ गते धनगढीमा सम्पन्न भएको छ भने पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाण्डौं पुग्नेछ। काठमाण्डौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्डले प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।

ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बन्ने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ। ‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौं।’ नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij