बुटवल,६ पुस । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारु रहेका छन् ।को मृत्यु भएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका उनिहरूकाे बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल रातको करिब पौने २ बजे दुर्घटनामा परेको थियो ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर बुधबार राती दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
तीब्र गतीका कारण मोटरसाइकल अनियन्त्रित भई रेदिङमा ठोक्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
प्रकाशित मिति : बिहिबार, पुष ७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्