मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्।

 

 

बिहीबार प्रतिनिसिभा सदस्यको शपथ ग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्रीबाट राजीनामा नदिई संघीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो।

उनले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद गठन नभएसम्म पाण्डेले नै मुख्यमन्त्रीको कार्य संचालन गर्नुपर्ने संवैधानिक बाध्यता छ।

संविधानको धारा १६९ ले अर्को मन्त्रिपरिषद गठन नभएसम्म उनले कार्य सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। धारा १६९ (३) मा मुख्यमन्त्री पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने उल्लेख छ।

तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्को मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था छ।

 

प्रकाशित मिति : शुक्रबार, पुष ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij