बुटवल – शारीरिक व्यायामका लागि हेल्थ जाेनकाे आवश्यकता रहेकाे एक कार्यक्रमका सराेकारवालाले बताएका छन् । तिलाेत्तमा १ मा रहेकाे नवज्योति युवा क्लवकाे आयाेजनामा भएकाे नवज्योति हेल्थ जाेन स्थापनार्थ छलफल तथा सम्मान कार्यक्रममा बाेल्ने सराेकारवालाले सबै उमेर समूहका लागि महत्त्वपूर्ण रहेकाे व्यायामका लागि उपर्युक्त स्थानमा हेल्थ जाेनकाे स्थापना गरिनुपर्नेमा जाेड दिएका हुन् ।
कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका नवनिर्वाचित सांसद लिला गिरीले विशेषगरी सामुदायिक वनले सकारात्मक तरिकाले यसलाई मिलाएर लैजानु पर्ने बताए । उनले हेल्थ जाेन समाजकाे अावश्यकता भएकाले यसमा प्राविधिक कुरालाई ख्याल गर्दै सबैकाे सल्लाह सुझाव अनुसार अगाडि बढ्न अाग्रह गरेका छन् ।
कार्यक्रममा शंकरनगर सामुदायिक वन तथा उपभोक्ता समुहमा अध्यक्ष रविन्द्र बस्नेतले आफ्नाे कानूनकाे परिधिभित्र रहेर क्लवले निर्माण गर्न लागेकाे नवज्याेति हेल्थ जाेनलाई सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले स्थान छनाैटकाे विषयमा ख्याल गरि निर्माण गर्न आग्रह गरे त्यस्तै वनकै उपाध्यक्ष खिमलला पाण्डेले हेल्थ जाेनकाे साेच निकै राम्रो रहेकाे बताए ।
कार्यक्रममा तिलाेत्तमा नगरपालिका वाड नम्बर १ अध्यक्ष फर्सुराम गिरीले हेल्थ जाेन समयसापेक्ष रहेकाे बताए ।
शंकरनगर दुर्गादत्त मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ कडेलले व्यायाम सबैका लागि जरूरी भएकाले शंकरनगर स्वास्थ्य चाैकी नजिकै रहेकाले यसलाई असर नपर्ने गरि हेल्थ जाेन निर्माण गर्न आग्रह गरे । वाड नम्बर १का पूर्व अध्यक्ष तामनाथ पाण्डेले क्लवकाे हेल्थ जाेनकाे साेँच प्रशंसनीय रहेकाे बताए ।
त्यस्तै क्लवका शुभेच्छुक माेहन चापागाईंले दीर्घकालीन साेचका साथ हेल्थ जाेन बनाउन सुझाएका छन् ।
कार्यक्रममा शंकरनगर स्वास्थ्य चाैकी प्रमुख राजेश ज्ञवाली , बिहानी नृत्य समूहका अध्यक्ष पूर्णजन क्षेत्री , क्लवका पूर्व अध्यक्ष चन्द्रकान्त पाण्डे , सल्लाहकार सुमन कडेललगायतले धारणा राखेका थिए । साथै कार्यक्रममा लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसद लिला गिरीलाई सम्मानसमेत गरिएकाे छ । क्लवका अध्यक्ष दिपेश कडेलकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष गाेविन्द श्रेष्ठले स्वागत गरेका थिए ।
प्रकाशित मिति : आइतबार, पुष १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]