रूपन्देही ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन् । लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामका अनुसार ८७ सदस्यीय प्रदेशसभामा लोसपाका ३ सांसद छन् । पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत हुन् ।
त्यस्तै संसदीय दलको उपनेतामा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा युवा नेता कन्हैया बनिया चयन भएका छन् ।
सोहीअनुसार संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी चयन भएकी छन् । उनी समानुपातिक सांसद हुन् । लुम्बिनी प्रदेशमा लोसपाबाट निर्वाचित तीन जना सांसद छन् ।
प्रकाशित मिति : मंगलबार, पुष १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्