संसार सहकारीको साधारण सभा सम्पन्न

संसार सहकारीको साधारण सभा सम्पन्न

 

बुटवल-संसार बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–११, को दशौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारीहरुले स्थानीय जनसमुदायको आर्थिक स्थिती सुधारमा निकै महत्वपुर्ण कार्य गरिरहेको बताए । सहकारीले स्थानीय सबै जनसमुदायलाई समेटेर उनीहरुको आर्थिक उपार्जनका लागि लगानी गर्नुपर्ने पनि उनले सुझाए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थका अध्यक्ष प्रकाश भट्टराईले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्नका लागि व्यवसायिक रणनीति योजना निर्माण गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए । साथै युवा तथा साना व्यवसायी स्वरोजगार कोष तथा अन्य बित्तीय संस्थाहरुसंग सहकार्य गरी सदस्यहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने पनि उनले बताए ।

बचत तथा ऋण सहकारी संघका सञ्चालक तथा संस्थाका निवर्तमान अध्यक्ष बिष्णु प्रसाद वस्ती, राष्ट्रिय सहकारी बैंक बुटवलका शाखा प्रमुख नारायण बेल्वासे र एम्स कलेज बुटवलका प्रमुख दीपक ढकाल, सहज बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिशाल बेल्वासे लगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य बृद्धिमा प्रेम प्रसाद पाण्डे, उत्कृष्ट ऋणीमा लोक बहादुर थापा र उत्कष्ट बचतकर्तामा शेखर नेपाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचरी सम्मानबाट पुर्व व्यवस्थापक सुमन पाण्डे, पुर्व कर्मचारी उषा पन्थीलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष पकाश भट्टराईको अध्यक्षता, उपाध्यक्ष पदम प्रसाद न्यौपानेको स्वागत र सचिव राजेश खत्रीको संचालनमा सम्पन्न भएको थियो । डिभिजन सहकारी कार्यलय रुपन्देही २०६९ सालमा विधिवत दर्ता भई बुटवल–११ देवीनगरबाट सेवा प्रदान गर्दै आएको यस सहकारीले एक् दशकको अवधिमा एक हजार ३४ जना शेयर सदस्यहरुलाई आवद्ध गराई सेवा प्रदान गर्दै आइरहेको छ । साथै हाल तिलोत्तमा स्थित मणिग्राम सेवा केन्द्रबाट पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : आइतबार, पुष २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij