पाल्पा – पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
रम्भा गाउँपालिका-३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
लु ४ त ७९१६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्