लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुपन्देहीका एमाले नेता गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुपन्देहीका एमाले नेता गिरी नियुक्त

बुटवल ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५७ जनाको समर्थनमा गीरी मुख्यमन्त्री बनेका हुन । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो २ बजे प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३र३ सिट छन् ।

नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १(१ सदस्य छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सपथ कार्यक्रम भने विहिबार पौष २८ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको छ ।

प्रकाशित मिति : बुधबार, पुष २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij