भैरहवा
रुपन्देहीको सियारी गाउँपालिकाको १२औं गाउँसभा शुक्रवार हुने भएको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले शुक्रवार दिउसो १ बजेका लागि गाउँसभा आब्हान गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९(२) अनुसार अध्यक्ष घिमिरेले गाउँसभा बैठकको आब्हान गरेको गाउपालिकाले जनाएको छ ।
गाउँसभा बैठकमा हालसम्मको समिक्षा र आगामी कार्यदिशाबारे छलफल तथा बिभिन्न विधेयकमाथी छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
बैठकले नगर प्रहरी ऐन संशोसन सम्बन्धी र विविध बिषयमाथि छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानेले बताए ।
प्रकाशित मिति : बिहिबार, पुष २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्