लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा

लुम्बिनीमा सभामुख र उपसभामुख चयन माघ ३ मा

दाङ ।

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन माघ ३ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकबाट सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेशसभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले माघ ३ गते दिउसो १ बजे बस्ने पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख चयन गर्ने गरी निर्वाचनको मिति र समय निर्धारण गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

माघ २ गते उम्मेद्वारको प्रस्ताव पेश गर्ने र ३ गते चयन गर्ने कार्यतालिका तय भएको पुन मगरले बताए । लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ । एमालेले मुख्यमन्त्री पाइसकेको छ । सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले पाउने गरी छलफल भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij