राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी

राजधानी व्यवस्थापन गर्ने चुनौती काँधमा आयो : मुख्यमन्त्री गिरी

देउखुरी ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन गर्ने चुनौती र सम्भावना आफ्नो काँधमा आएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार दाङको राप्ती गाउँपालिकामा आयोजित तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री गिरीले सो कुरा बताउनु भएको हो ।

बैठकका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब राजधानी कार्यान्वयनको कमलाई तीव्रता दिन मुख्यगरी स्थायी संरचना निर्माण गर्नु नै हो, यो काम सबैको संयोगमा सजिलै अघि बढ्छ ।’’

समग्र प्रदेश सरकार सफल भयो भने सिङ्गो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै यसका लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा बैठक भएको भएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij