काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोट बैठकपछि बाहिरिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारले पूर्णता पाउने विषय कहिले टुङ्गोमा लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आजै टुङ्गो लाग्छ । भोलि सबै विश्वासको मत दिने पार्टीहरू र नेताहरूको बैठक छ ।”
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सोमबार बिहानदेखि दिउँसो झण्डै पौने ३ बजेसम्म छलफल भएको थियो । उहाँहरुबीच सरकार गठन एवम् सञ्चालन लगायत समसामयिक विषयमा यसअघि पनि छुट्टा–छुट्टै छलफल हुँदै आइरहेको छ ।
प्रकाशित मिति : सोमबार, माघ २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्