कपिलवस्तु।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्रा मरेका छन् । सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्रराज गिरीले बताउनुभयो ।
एक वर्ष अगाडि वीरेन्द्र थापा र मञ्जु थापाले सञ्चालन गरेको टी एन्ड टी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा आगलागी भएको थियो । बिक्री तयारीको अवस्थामा रहेका १७ बाख्रा, १ बोयर बोका, २ लोकल बोका र ९ पाठा पाठी जलेर मरेको बाख्रा रहेको वीरेन्द्र थापाले बताउनुभयो । आगलागीले बाख्रा खोरमा पनि क्षति पुर्याएको बताइएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्