रवि लामिछानेले पाए नेपाली नागरिकता

रवि लामिछानेले पाए नेपाली नागरिकता

काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता रवि लामिछानेले नेपाली नागरिकता पाएका छन् ।

नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिएका हुन् । उनको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

प्रकाशित मिति : आइतबार, माघ १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij