राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

काठमाण्डाै – राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । सोमवार बसेको बैठकमा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट पेस गर्नुभएको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित भयाे ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले पेस गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रवार बेलुकि ५ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : सोमबार, माघ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij