नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि १५ दिन दिउँसोको समयमा बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि १५ दिन दिउँसोको समयमा बन्द हुने

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि थप १५ दिन दिउँसोको समयमा बन्द हुने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।

सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी रोकेर पहरो काट्ने काम गरिनेछ । यसअघि गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । त्यसपछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय आज सकिएको छ । तर काम नसकिएपछि सरोकारवालासँग छलफल गरी थप १५ दिन दिउँसोको समयमा सडक बन्द गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । यो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

तीन मुख्य ठाउँ कालीखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउने काम भइरहेको छ । कालीखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउने काम चलिरहेको छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम सकिन लागेको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij