कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गरयो रक्तदान कार्यक्रम

कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले गरयो रक्तदान कार्यक्रम

      तिलोत्तमा                                                                    तिलोत्तमा नगरपालिका वडा नं तीन मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था ले आज आफ्नो नियमित बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको कमीबाट कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने धेयले सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक प्रभा भण्डारी घिमिरेले ३५ युनिट रगत संकलन भएको जानकारी गराउनु भयो । उहाँले हामीले खाने स्वच्छ भनिएका खानेकुरा खाँदा खाँदै पनि शरीरमा रगत जन्य पदार्थको कमि भैरहेको र त्यसका लागि बिषादी रहित खानामा जोड दिन पनि आग्रह गर्नुभएको थियो । सो अबसरमा प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलले कार्यक्रम को प्रशंसा गर्दै आगामी दिनमा पनि सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा, सहकारीका निबर्तमान अध्यक्ष यज्ञ प्रसाद सापकोटा, सहकारीका सल्लाहकार होम प्रसाद शर्मा सापकोटा, टंकप्रसाद तिवारी लगायत ले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव कल्पना शर्मा को संचालनमा भएको कार्यक्रममा सहकारीका सेयर सदस्य तथा सर्वसाधारणले रक्तदान कार्यक्रममा सरिक भएका थिए  ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij