तिलौत्तमा रुपन्देहीको तिलौत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका तिलोत्तमा निवासी भुर्तेललाइ ५० हजार नगद सहित सम्मान गर्ने निर्णय गरीएको नगरप्रमुख रामकृष्ण खाणले बताए।
नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेर देशको नाम राख्न सफल भएकाले उनलाइ सम्मान गर्ने निर्णय गरीएको नगरप्रमुख खाणले बताए। क्रिकेटर भुर्तेल तिलोत्तमा नगरपालिका वडा नं. ९ का स्थानीयबासी हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका व्याट्सम्यान भुर्तेलको राम्रो प्रदर्शनले नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ बाट विश्वकप क्वालिफायरमा छनोट भएको थियो।
प्रकाशित मिति : शुक्रबार, चैत्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्