तिलोत्तमा  स्थित नवजिवन क्लबको वार्षिक साधारण सभा तथा १० औ अधिवेशन  सम्पन्न

तिलोत्तमा  स्थित नवजिवन क्लबको वार्षिक साधारण सभा तथा १० औ अधिवेशन  सम्पन्न

तिलोत्तमा ।

रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित नवजिवन क्लबको वार्षिक साधारण सभा तथा १० औ अधिवेशन शनिबार सम्पन्न भयको छ ।

अधिबेशनले क्लबको नया नेत्तृत्व सर्वसम्मत चयन गरेको छ ।क्लबको  अध्यक्षमा  केशव भुसाल, वरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने, उपाध्यक्षमा सागर पाठक, सचिवमा गोविन्द पान्डे, सह सचिवमा  आशिष पाठक र कोषध्यक्षमा बाबुराम बेल्बासे चयन भयका छन ।

यस्तै क्लबको सदस्यमा बिनोद बस्याल, भरतराज पाठक, इश्वर भुसाल, राजु भुसाल, कासिराम बेल्बासे, बिक्रम रेग्मी र कृष्ण भुर्तेल चयन भयका छन ।
यसैगरी लेखा समिति सयोजकमा  बिमल पाठक तथा
सदस्यहरुमा  प्रदिप न्यौपाने र समिर  रिजाल चयन भयका छन ।
कार्यक्रममा तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले निर्वाचित समितिलाइ बधाइ ज्ञापन गर्दै खेल क्षेत्रको बिकास र खेलाडिहरुको प्रोत्साहनका लागि वडाले सक्दो सहयोग गर्ने बताय ।

दुई कार्यकाल करिब ७ बर्ष क्लबको नेत्तृत्व गरेका अध्यक्ष गोबिन्द भुसालको पहलमा ३ वटा कोर्ट सहितको कबर्ड हल निर्माण भयको छ भने कम्पाउन्डवाल सहितको सुबिधा सम्पन्न कृकेट मैदान निर्माण भयको छ । करिब १८ बिगाह क्षेत्रफलमा क्लबले कबर्ड हल, खेल मैदान, सचिबायलय, हरियाली पार्क, पानीको बोरिङ लगायतका समरचना निर्माण गरेको छ

 

प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij