काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ४५ जनाको नमुना परीक्षण गर्दा एक सय तीन जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६१ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेसनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।
यस्तै २४ घण्टामा आठ हजार नाै सय ५८ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्