लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

 

आमजनतालाई छिटो छरितो तरिकाले आफनै भवनबाट सेवा दिन आतुर रहेको नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले बताए । पहिलो स्थानिय तहको चुनावमा जितेर आएका जनप्रतिनिधि पालामा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकाल भित्र पुरा गर्ने मेयर मुसलमानले प्रढ् गरे ।

लुम्बिनी

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणका कार्य आरम्भ भएको छ ।दोस्रो स्थानीय तहको चुनावबाट निर्वाचित भएर आएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी,कर्मचारीको पहलमा नगरपालिकाले भवन निर्माणका लागी केही महिना अघि जग्गाको टुंगो लगाएको थियो ।जस अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लंकारपुर देखि क्युटेलिय जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको हो ।

भवनका लागी प्रस्तावित जग्गाको आईतबार नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान,ईन्जिनियर आशिष यादव,अमिन,पत्रकार लगायत स्थानीयको रोवरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांङकन र एरिया नापिएको हो ।क्षेत्रिय सहकारी विकास तथा एडवीको सहयोग तथा समन्वयमा पालिकाको आफनै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।

आमजनतालाई छिटो छरितो तरिकाले आफनै भवनबाट सेवा दिन आतुर रहेको नगरपालिका मेयर सजरुद्धिन मुसलमानले बताए । पहिलो स्थानीय तहको चुनावमा जितेर आएका जनप्रतिनिधिको पालामा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकाल भित्र पुरा गर्ने मेयर मुसलमानले प्रढ् गरे ।

 

 

प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij