बुटवल
बुटवल १३ मा रहेको सामाजिक रुपान्तरणका लागी सहकार्य नेपालद्धारा १ दिने घरेलु फोहोरमैला व्यवस्थापन तालीम बुटवल २ मैनाबगरमा सम्मपन्न गरेको छ । संस्थाका अध्यक्ष रुक्मणी भट्टराई ज्यूको अध्यक्षता र बुटवल उपमाहानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत श्री टेकराज पन्थी ज्ययो को प्रमुख आतिथ्यतामा सम्मपन्न भएको थियो ।
कार्यक्रमा बुटवल उपमाहानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूले संस्थाले बुटवल उपमाहानगर संग सहकार्य गरि यस्तो कार्याक्रम गरेकेमा संस्थालाई धन्याबाद दिदै फोहोर व्यवस्थापनमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । फोहोरकै कारण वर्षेनी हजारौंका संख्यामा स्वासप्रश्वास, दम, क्यासरलगायतका विभिन्न रोगका बिरामीहरू अस्पतालहरूमा थपिँदै गइरहेको र फोहोरमैलाको वर्गीकरण गरी फोहोरमैलाबाट कम्पोस्ट मल र ग्यास उत्पादन गरी उल्लेख्यरूपमा आर्थिक उपार्जन गरी गरी विकास गर्न सकिने , फोहोरमैला व्यवस्थापनका लागि नागरिक चेतना अभिवृद्धि हुनुपर्ने, फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था गरिनुपर्ने फोहोरबाट उत्पादित वस्तुलाई प्राथमिकता दिने, पुरस्कार र दण्डको व्यवस्था गरिनुपर्ने, स्थानीयस्तरमा विविध कार्यक्रमहरू गर्ने, फोहोरमैला व्यवस्थापनमा नागरिक समाज र फोहोरमैला व्यवस्थापन गर्ने निकायबीच आपसी समझदारी राख्नेलगायतका विषयहरूमा कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने बताउनु भयो कार्यक्रममा फूलबारी बचत तथा क्रण सहकारी सस्थाका अध्यक्ष चन्द्रमणी भयडारी , बुटवल अटो इन्जिनियरीङ्ग एशोसियसनका अध्यक्ष तुल्सीराम न्यौपाने बुटवल उपमाहानगरपालीकाका राजश्व शाखा प्रमुख राम प्रसाल आर्याल लगायतले बोलेको थिए । भने बुटवल उपमहानगरपालीकका का जनस्वथ्य तथा सरसफाई शाखा प्रमुख श्री ठगिश्वर पोख्रेले प्रशिक्षण दिनुभएको थियो कार्यक्रमा ७० जाना महिलाहरुको सहभागतिा रेहको संस्थाका सचिव नारायण भुसाले जानकारी दिए । संस्थाका कोषध्यक्ष पदम सापकोटा स्वागत तथा सचिव नारायण भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्