परासी,=
पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।
बुटवल-नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्वतर्फ जाने सयौं सवारी साधन अलपत्र परेका छन् ।
वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको प्रहरीले जनाएको छ । सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको बताइएको छ ।
डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिम बाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्