रूपन्देहीको योगिकुटीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

रूपन्देहीको योगिकुटीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

file photo

बुटवल,२८ जेठ ।
रूपन्देहीको योगिकुटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्करपियो आफै अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij