राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि हिजाे उहाँलाई बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे थियाे ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि फोक्सोमा समस्या देखिएपछि गएकाे वैशाख ६ गते राष्ट्रपति पाैडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा लगिएकाे थियाे ।उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो

प्रकाशित मिति : बुधबार, जेष्ठ ३१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij