बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ,
नेकपा एमालेसहितका बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिको विरोधका कारण रोकिएको प्रतिनिधसभाको बैठक बिहीबार १ बजे बस्नेगरी स्थगित भएको हो ।

प्रतिनिधिसभाको पहिलो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

त्यसपछि पनि बैठक सञ्चालन हुने अवस्था नभएपछि सूचना टाँसेर बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । बिपक्षी दलहरुको अबरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, असार २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij