दाङ
लुम्बिनी प्रदेश सरकारले निजामति कर्मचारी सेवा ऐन ल्याउने भएको छ ।
शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरुको वृत्ति विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको बताए ।
सराेकारवाला सबैको सुझाव समेटेर ऐन तयारी भएको बताउदै मुख्यमन्त्री चाैधरीले त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने दाबी गरे ।
कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृत्ति विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको प्रवक्ता पाण्डेले बताए ।
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्