सङ्गीतकार / एरेन्जर सुनुवार लाई गोल्डेन हर्स विशेष सम्मान

सङ्गीतकार / एरेन्जर सुनुवार लाई गोल्डेन हर्स विशेष सम्मान

काठमाडौं ।

संगीतकार तथा संगीत संयोजक पुष्कर सुनुवार राजधानीमा हालै आयोजित ‘फस्ट गोल्डेन हर्स इन्टरनेसनल अवार्ड २०२२’ मा ‘गोल्डेन हर्स विशेष सम्मान’बाट सम्मानित भएका छन् । गोल्डेन हर्स फिल्मस्ले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हाँस्य कलाकार वसुन्धरा भुषाल र नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’की नायिका चैत्यदेवी सिंहले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सन् २००५ मा पहिलो एलबम “अन्तरा ” अनि दोश्रो एलबम “तिमी सङ्ग “बाट सांगीतिक करियर सुरु गरेका पुष्कर गीत ‘मायाले साह्रै रुवाउँदो रैछ’बाट चर्चामा आए । उनका गीतहरु ‘नयनमा ग
गाजल’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’, ‘झ्यान कुटी झ्यान कुटी’, ‘मैले सुने तिम्रो खबर’, ‘उर्कुची मुर्कुची’, ‘टालाटुली बाटुली’ , आखाको नानिमा ,लगायत गीत हिट छन् ।
पुष्करले ललितकला संगीत कलेजबाट संगीत अध्ययन गरेका छन् । उनले संगीत भरेका गीतहरुमा ‘घाइते मुटुको व्यथा’, ‘आँशु रैछ जिन्दगी यो’, ‘बरु पत्थर पग्लिन सक्छ’, ‘साह्रै याद आउँछ’, ‘आउ कम्मर भाँच्नलाई’, ‘तिमी फूल बनेर’, ‘दोलखा चरिकोट’लगायत का धेरै गीत छन् ।
त्यस्तै एरेन्ज गरेका गीतमा ‘मभन्दा नि धेरै राम्रो’, ‘सुनैको दरबार’, ‘माछी जालैमा’, ‘अम्रिका घुमौला’, ‘साह्रै याद आउँछ’, ‘एकान्त त्यो सुनी’ र ‘कालापानी’ लगायत छन् । पुष्कर सुनुवार ले नेपाली चलचित्रमा पनि धेरै काम गरेका छन उनले एरेन्ज गरे गरेका चलिचित्र बाजिगर , तीन घुम्ती , सरि ल, लै बरि लै लगायत धेरैमा फिल्म मा काम गरेका छन त्यस्तै उनले सङ्गीत भरेको अनि स्वर भरेको फिल्महरु मिसन यार्सा , मन त परदेशी,रेनि लगायतका छन !
उनले गाएका गीतमा ‘मायाले साह्रै’, ‘चाहेर सजाउन सकिनँ’, ‘छुट्ने बेला भन्थिन’, ‘दिन अनि रातमा’लगायत छन् ।

प्रकाशित मिति : शनिबार, असार २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij