११ वर्षिया बालिकालाई बलात्कार गरेको आराेपमा बुटवलबाट २१ वर्षीय युवक पक्राउ

११ वर्षिया बालिकालाई बलात्कार गरेको आराेपमा बुटवलबाट २१ वर्षीय युवक पक्राउ

बुटवल,२४ असार ।
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २१ बर्षिय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार रहेका छन् ।

परियारले ती बालिकालाई शनिबार राती बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिका कराएपछि परियार फरार भएकोमा प्रहरीले घर नजिकैबाट उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका ४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : आइतबार, असार २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij