‘सुशासनका लागि कदम चालीरहेकै छौं, हेर्दै जानु होला अझै के के हुन्छ’–प्रधानमन्त्री दाहाल

‘सुशासनका लागि कदम चालीरहेकै छौं, हेर्दै जानु होला अझै के के हुन्छ’–प्रधानमन्त्री दाहाल

 

बुटवल

प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन । समाजवादी मोर्चा नेपाल लुम्बिनीले आज बुटवलमा गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी शक्तिहरुले जातीय द्धन्द्ध निम्त्याएर परिवर्तन उल्ट्याउने प्रयत्नमा लागेको बताएका हुन । एमाले अध्यक्ष केपी आली प्रति लक्षित गर्दै उनले मोर्चा भन्दा बाहिरका शक्तिहरु नक्कली भएको बताए । ‘यो मोर्चाभन्दा बाहिर रहेका शक्तिहरु नक्कली हुन । पटक पटक संविधान मिच्ने र संसद विघटन गर्ने नेताबाट कुनै आन्दोलनको नेतृत्व हुन सक्दैन’ उनले भने ।

नेपालमा गणतन्त्र स्थापना र संविधान सभाको निश्कर्ष चुनवाङ बैठकले गरेको स्मरण गर्दै उनले कम्युनिष्ट आन्दोलनका वादहरु विवादमा पुगेकै कारण समाजवादी मोर्चाको आवश्यकता भएको बताए । ‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरुको, श्रमिक वा पूजीपतीहरुको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’ दाहालले भने । मुलुकमा अहिले परिवर्तन उल्ट्याउन जातीय द्धन्द्ध निम्त्याउन खोजिएको भन्दै उनले समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नका लागि मोर्चाबन्दी गरिएपछि चौतर्फी घेराबन्दी शुरु भएको दावी पनि गरे । मोर्चाले लाखौं जनता सडकमा उतारेर समाजवादको मोडल प्रस्तुत गर्ने पनि बताए ।

प्रधानमन्त्री दाहालले सरकारमा बस्नका लागि अनुचित काम नगर्ने पनि बताए । आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न की भन्ने लागेपनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताए । ‘प्रतिपक्षी साथीले संसदमा अनेक गर्नुभएको छ, तर पनि चिज अगाडि बढेकै छ, बढ्छ’ उनले भने । सरकारमा बस्न कै लागि जे पनि गर्छ की भन्ने भ्रममा नपर्न आग्रह गर्दै भने ‘सुशासनका लागि एक पछि अर्को कदम चालीरहेकै छौं र अझैपनि हेर्दै जानु होला के के हुन्छ’ ।

एमसिसिका बिषयमा आफू प्रधानमन्त्रीको रुपमा धेरै बोल्न नमिल्ने बताउँदै राष्ट्रियत र स्वाधिनताको रक्षाकालागि आफनो लडाइ जारी रहेको बताए । अनुदान लिएर देशको हितमा विकास गर्ने गरी योजनालाई अगाडि बढाउने भन्दै उनले एमसिसिकालागि आफुलाइ विश्वास गर्न आग्रह पनि गरे ।

सुशासनको पक्षमा सरकारले चालेका कदमबाट जनतामा आशा र भरोसा जागेको बताए । भ्रष्टाचार नियन्त्रण, सुशासनका पक्षमा सरकार लागि परेको बताउँदै अर्थतन्त्र सुधारका लागिराष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेको बताए ।

 

 

प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij