बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि यही २८ गते परीक्षा सञ्चालन हुने

बुटवलमा कक्षा ११ मा छात्रवृत्तिका लागि यही २८ गते परीक्षा सञ्चालन हुने

बुटवल-बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्ने भएको छ।
बुटवलका १५ वटा विद्यालयमा भर्ना भएका ३ हजार ३ सय ३३ विद्यार्थीमध्ये १० प्रतिशत हुन आउने ३ सय ३३ विद्यार्थीका लागि यही भदौ २८ गते परीक्षा सञ्चालन गर्ने भएको हो।
बुटवलका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सम्बन्धित कोटामा प्राप्त हुने सुविधा प्राप्त हुने गरी परीक्षा सञ्चालन गर्न र आरक्षणअनुसारकै विद्यार्थीले सुविधा पाउने व्यवस्था गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिनुभयो।
संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार यही भदौ १८ गतेदेखि २५ गतेसम्म छात्रवृत्ति आवेदन फाराम भर्नका लागि बुटवल उपमहानगरपालिकाले सबै विद्यार्थीलाई आह्वान गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो।

प्रकाशित मिति : शुक्रबार, भाद्र १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij