बुटवल
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारमा मन्त्रालय नथप्न र तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिएको छ ।
बुधबार राप्ती उपत्यका दाङको देउखुरीमा बसेको प्रदेश समितिको बैठकले प्रदेश सरकारमा मन्त्रालय नथप्न र तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता प्रचण्डबिक्रम न्यौपानेले जानकारी दिए ।
प्रदेश सरकारमा मन्त्रालय थप्ने बिषयमा छलफल भैरहेको भन्दै बैठकले अहिलेको अवस्थामा मन्त्रालय थप गर्दा आर्थिक भार थप हुन जाने र जनतामा नकारात्मक सन्देश जाने भएकोले हाल भैरहेको मन्त्रालय नबढाई सरकारलाई पूर्णता दिन मुख्यमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको पार्टीका मुख्य सचिब मोहनराज शर्माद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशका जनताका जनजिविकालाई मध्येनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त,दुरुस्त गर्न गठवन्धनमा आवद्ध दल र सबै राजनीतिक दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संबिधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेसका सह–महामन्त्री एवं पुर्ब मन्त्री महेन्द्र यादवमाथी अपराधीक प्रबृत्तिका ब्यक्तिबाट ज्यानै मार्नेगरि भएको आक्रमणको घोर निन्दा र भ्रत्सर्ना गर्दै बैठकले अपराधीक क्रियाकलापमा संलग्न ब्यक्तिलाई कानून बमोजिम कडा कारबाहीको माग गरेको छ ।
त्यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुकासाथै संबिधान सभा अध्यक्ष तथा पुर्व सभामुख सुभासचन्द्र नेम्वाङको दुखद निधन,नेपाली कांग्रेस रोल्पा क्षेत्र नं १ का क्षेत्रिय सह सचिब हरीबहादुर राना,रोल्पाकै रुन्टीगढी वडा नं ४ का वडा अध्यक्ष टंकबहादुर पुन,गुल्मीको मुसीकोट नगरपालिका नेपाली कांग्रेसका सभापति एवं मुसीकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष मोहन घिमिरे र दाङ साविक बेला गाविसका तत्कालिन सभापति एवं राजपूर गाउपालिका अध्यक्ष शरदकुमार बुढाथोकीका पिता रामबहादुर बुढाथोकीको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्