लुम्बिनी साँस्कृतिक नगरद्धारा भुकम्प प्रभावितलाई १२ लाखको राहत सामाग्री सहयोग

लुम्बिनी साँस्कृतिक नगरद्धारा भुकम्प प्रभावितलाई १२ लाखको राहत सामाग्री सहयोग

लुम्बिनी,
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले जाजरकोटका भूकम्प प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ ।नगरपालिकाको तत्काल बसेको कार्यापालिकाको बैठकबाट भूकम्प प्रभावित परिवारलाई रु.१२ लाख बराबराको खाद्यन्न सामाग्री सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका मेयर सजरुद्धीन मुसलमान,उपमेयर कल्पना हरिजन, वडा न.४ विनोद कुमार श्रीवास्तव,वडा न.६का वडाअध्यक्ष नईमुलहक मुसलमान,नगरपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक शेषराम यादव सहितको टिमले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो राहत सामाग्री मंगलबार हस्तान्तरण गरिएको हो ।

सहयोग गरिएको राहत सामाग्री अन्र्तगत मसिनो चामल ९६ क्विन्टल,मसुरो दाल १ सय के.जी,तोरीको तेल १६ कार्टुन्,चिउरा प्याकेट १ सय के.जी,आयोडिन नुन १ सय के.जी,चाउचाउ ७५ कार्टुन्,ब्लांकेट १६० थान रहेको छ ।

सामाग्रीको विवरण जिल्ला प्रशासनलाई हस्तान्तरण गर्दै नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपतत्ले निम्ताएको घाउलाई नगरपालिकाले मलम लगाएको बताए ।

उनलेे सरकारले चालेको एकद्धार प्रणाली अन्र्तगत राहत सामाग्री भुकम्प प्रभावित परिवारले पाउने विश्वास ब्यक्त गरे ।

नगरपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताउँदै उनलेे भुकम्पबाट मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईतेकाे शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

यस्तै,राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका उपमेयर कल्पना हरिजनले नगरपालिकाले मानवीय सेवा गरेको बताईन् । मानिसलाई आपतविपत् परेको बेला नजिककाे सरकार हुनुकाे नाताले स्थानीय सरकारको दायित्व भएको उनको भनाइ थियो ।
साथै,उनले तिनै तहको सरकारले भुकम्प प्रभावितलाई उचित राहत उपलब्ध गराउन अनुरोध गर्दै विभिन्न सामाजिक संस्थाहरुलाई राहत अभियानमा सरिक हुन अपिल गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई,जिल्ला प्रशासन रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीद्वय रामचन्द्र अर्याल र धु्रव कुवंरकाे सहभागीता रहेको थियो ।

यसैबीच लुम्बिनी होटल संघले नगरपालिका मार्फत भुकम्प प्रभावितलाई ७ वण्डल ओछ्याउने मेड सहयोग गरेको छ । सोही सामाग्री समेत जिल्ला प्रशासनलाई हस्तान्तरण गरिएको विपद् शाखा प्रमुख शेषराम यादवले जानकारी दिए ।

कात्तिक १७ गते शुक्रबार जाजकोट जिल्लालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भुकम्प गएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij